ग्रीनलाइनका सञ्चालक अग्रवाल प्रहरी सम्पर्कमा, नेपाल फर्कने प्रतिबद्धता



काठमाडौं । बैंक तथा विभिन्न व्यक्ति र संस्थाको ३ अर्ब रुपैयाँ नतिरेर फरार भएको ग्रीनलाइनका सञ्चालक ओमप्रकाश ओमप्रकाश अग्रवाल प्रहरीको सम्पर्कमा आएका छन् । 

बिहीबार ओमप्रकाश अग्रवालकी छोरी रजनी अग्रवालले महानगरिय प्रहरी परिसर टेकुमा फोन गरेर आफ्ना बुवा र दाईहरु सम्पर्कमा रहेको भन्दै हराएको उजुरी फिर्ता लिने जानकारी दिएकी छन् ।

रजनीले ओमप्रकाश आफ्ना छोरा अभिषेक र अमित अग्रवाल सहित सम्पर्क विहीन भएपछि छोरी रजनीले प्रहरीमा खोज्नको लागि उजुरी दिएकी थिएन । महानगरिय प्रहरी परिसर टेकुका एसएसपी सुदिप गिरीले रजनीले बुवा सम्पर्कमा आएको जानकारी गराएको र आफूले फोनमा कुरा गरेको जानकारी दिए । 

‘मैले नै फोनमा कुरा गरे, तपाईँहरू सकुशल हुनुहुन्छ भन्दा सकुशल रहेको र यसअघि जे भए पनि आफूहरू नेपाल आउन चाहेको बताए,’एसएसपी गिरीले क्लिकमाण्डूसँग भने । 

बैंकबाट लिएको ८० करोड तथा मिटर ब्याजीबाट लिएको ऋण तिर्न नसकेपछि काठमाडौंमा विदेशी मदिराको स्टोर चलाउने ओमप्रकाश आफ्ना छोराहरु सहित सम्पर्क विहीन भएका थिए । छोराहरूको छिटो पैसा कमाउने नीतिले चलेको स्टोर नगद प्रवाहले समस्यामा भएको थियो । प्रहरीमा उजुरी नपरे पनि चर्चित व्यवसायी तथा अवकाश प्राप्त कर्मचारीले मिटर ब्याजमा ग्रीनलाइनका सञ्चालकलाई पैसा दिएको खुलेको छ । 


क्लिकमान्डु