डिजिटल भुक्तानीका लागि फोनपे नेटवर्कमा प्रभुपे आबद्ध



काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ ।

अन्तरआवद्धता सम्बन्धी बुधवार एक कार्यक्रमकाबीच जानकारी दिइयो । यस सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ ।

अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्य नेपालको डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, ‘हामी पहिलेदेखि नै अन्तरआबद्धताका लागि जोड दिँदै आइरहेका थियौं, राष्ट्रबैंकले पनि एक आपसमा अन्तरआद्धताका लागि निर्देशन गरिरहेको अववस्थामा नेटवर्कमा जोडिन आह्वान गरिरहेका छौं ।’

यस्तै प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको सहकार्यका लागि सबैलाई धन्यवाद दिँदै डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अगाढि बढ्ने बताए ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्षअघि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत् कारोबार गर्दै आएका छन् ।

दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।


क्लिकमान्डु