सवारी साधनमा प्रदुषण मापदण्ड यूरो ६ को मापदण्ड कार्यान्वयन गर्न नाडाको माग



काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन (नाडा)का अध्यक्ष ध्रुव थापाले वन तथा वातावरणमन्त्री राम सहायप्रसाद यादवसँग भेट गरी नेपालमा सवारी प्रदुषण मापदण्ड यूरो–६ को कार्यान्वयन गर्न माग गरेको छ ।

थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनहरूमा युरो ६ लागू गर्न नाडा सकारात्मक रहेको बताउँदै यसका लागि पूर्वाधार निर्माणको काम चरणबद्ध रुपमा लागू गर्नुपर्ने बताएका थिए ।

साथै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरी निजी सवारी साधनको हरमा हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु म्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्न समेत माग गरेको छ ।

यसअघि १० प्रतिशतको व्यवस्थाले सवारी साधनहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै सवारी साधनहरूको मूल्यसमेत बढ्न गई उपभोक्ताहरुलाई समेत असर परेको नाडाको भनाइ थियो ।

त्यसैले, पूर्व व्यवस्थाअनुसारको न्यूनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने व्यवस्थालाई निरन्तरता दिन समेत अनुरोध गरेको छ । साथै, उपाध्यक्ष श्रेष्ठले एलसी मार्जिनको लागि राखेको धितो रकममा बैंकहरूले व्यवसायीहरूलाई ब्याज समेत दिने व्यवस्थाका लागि समेत अनुरोध गरेको छ ।

त्यसैगरी, नाडाले भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटासँग भेट गरी भन्सार मूल्याङ्कन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्याहरु लगायत ७०औं विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेकोे जनाएको छ ।

जसमा नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी कर सम्बन्धी तालिम सम्पन्न गर्ने, बिक्रीको विलिङ्ग एचएस कोड मै गरिनु पर्नेलगायतका विभिन्न विषयहरुमा छलफल भएको नाडाले जनाएको छ ।

नाडा प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग भेटी एजेन्सी, फर्म दर्ता एवं नविकरण लगायत आधिकारिक विक्रेताले मात्र अटोमोवाइल वस्तुहरु आयात गर्न पाउने व्यवस्था बारे छलफल गर्दे सो सम्बन्धमा पत्र समेत बुझाएको नाडाले जनाएको छ ।


क्लिकमान्डु