सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा ललितपुरको सुबानेमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुरको बाग्मती गाउँपालिका सुबानेमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ ।
बैंकले माघ २२ गतेदेखि ९१औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।


क्लिकमान्डु