१५.७१ अंकले बढ्यो नेप्से, निफ्राको सेयरमा करिब ८%को उछाल



काठमाडौं । सोमबार नेप्से परिसूचक १५.७१ अंकले बढेर २८५१.८८ विन्दुमा पुगेको छ । यो दिन १२४ वटा कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा ८३ कम्पनीको सेयर मूल्य ओरालो लागेका छ । साथै १७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँमा कारोबार भएको छ ।

सोमबारको कारोबारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा ७.९२ प्रतिशतले उकालो लागेर प्रकिकित्ता ४१० रुपैयाँ १० पैसा पुगेको छ ।

यता उपसूचकतर्फ बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्सबाहेकमा सामान्य वृद्धि देखिएको छ । कारोबार रकमका आधारमा ४९ करोड ३४ लाख ४९ हजार ८३९ रुप्ैयाँका साथ निफ्रा शीर्ष स्थानमा छ ।


क्लिकमान्डु