भिस्ताराले १६ फेब्रुअरीदेखि काठमाडौं-दिल्ली उडान गर्ने, दुईतर्फी भाडा २१ हजार ३९९ रुपैयाँ



काठमाडौं । भारतीय वायुसेवा कम्पनी भिस्ताराले फेब्रुअरी १६ ताखिरदेखि काठमाडौं–दिल्ली–काठमाडौं उडान गर्ने भएको छ ।

टाटा र सिंगापुर एयरलाइन्सको लगानी रहेको भिस्तारको प्रवेशसँगै यस रुटमा प्रतिष्पर्धा समेत बढेको छ ।

कम्पनीले कोभिड महामारीको सुरक्षा प्रोटोकलहरुको पालना गर्दै क्रुद्वारा स्वागत गरिने बताएको छ ।

कम्पनीले यो रुटमा दुईतर्फी हवाई टिकटको मूल्य २१ हजार ३९९ रुपैयाँ कायम गरेको छ ।


क्लिकमान्डु