बीमितलाई सेवा नदिई अर्को अस्पताल पठाएमा त्यस्तो दाबीको भुक्तानी नपाउने



काठमाडौं । सेवाप्रदायक संस्थाहरु(अस्पताल)ले स्वास्थ्य बीमामा आवद्ध भएका बीमितलाई सेवा नदिई अर्को सेवाप्रदायक संस्था(अस्पताल)मा पठाएमा त्यस्तो दाबीको भुक्तानी नपाउने भएका छन् ।

सेवाप्रदायक संस्था(अस्पताल)ले अर्को सेवाप्रदायक संस्था(अस्पताल)मा बीमितलाई प्रेषण गर्दा बीमा बोर्डले तोके अनुसारको कुनै पनि प्राथमिक सेवा नलिई पठाउने गरेको पाईएको बोर्डले जानकारी दिएको छ ।

आगामी दिनमा बीमा बोर्डको ओपिडी प्याकेज अन्र्तगत तोकिए अनुसारको परीक्षण नै नगरी औचित्य विना रेफर गरेको पाईएमा त्यस्ता दाबीको भुक्तानी नहुने स्वास्थ्य बीमा बोर्डका शाखा अधिकृत शोभित रिजालले जानकारी दिए ।

अर्को सेवाप्रदायक संस्था(अस्पताल)हरुबाट रेफर भई आएका सेवाप्रदायक संस्थाहरुले पनि प्रेषण गरि पठाएका संस्थाले गरेको परिक्षणमा दोहोरो नपर्ने गरी मात्रै दाबी गर्नुपर्ने बोर्डको भनाइ छ ।

अन्यथा दोहोरो परिक्षण गरिएको दाबीको भुक्तानी नहुने बोर्डले जानकारी दिएको छ ।


क्लिकमान्डु