साखः स्टीलले १९%ले बढायो व्यापार



काठमाडौं । कोरोनाका कारण निकै खस्किएको साखः स्टील उद्योगको व्यापार बिस्तारै तंग्रिदै गएको देखिन्छ ।

कम्पनीले सन् २०१९ मा १ अर्ब ६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, कोरोना महामारीका कारण निकै प्रभाव परेकाले कम्पनीले सन् २०२० मा ७२ करोड ८० लाख रुपैयाँमा व्यापार सीमित भएको थियो ।

कम्पनीले सन् २०२१ मा ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । जुन सन् २०२० को तुलनामा १९ प्रतिशतले बढी व्यापार गरेको हो ।

कम्पनीले अधिकांश कच्चा पदार्थ भारतबाट आयात गरेर सोही अनुसार मूल्य कायम गर्दै आएको छ । जसमा कम्पनीले थोरै मार्जिन थोरै रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार आम्दानी गरेको मूल्यको करिब ८५ प्रतिशत कच्चा पदार्थ रहेको छ । तर, मूल्य अस्थिरताका कारण कम्पनीको नाफामा ठूलो असर पार्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

कच्चा पदार्थको मूल्य अमेरिकी डलरको आधारमा तय गर्ने हुँदा डलरको मूल्यमा उत्तरचढाव भई जोखिम भएको देखिन्छ । जसले गर्दा कम्पनीको कच्चा पदार्थको मूल्यमा परिवर्तन भइरहको हुँदा समस्या उत्पन्न भएको कम्पनीको भनाइ छ ।

बजारमा आइरन तथा स्टील उद्योगको तीव्र प्रतिस्पर्धा रहेका हुनाले ठूला उद्योग र साना उद्योग दुबै छन् । बजारमा आइरन र स्टीलको माग उद्योगहरूले पूँजीगत खर्च योजनामा निर्भर पर्दछ ।

साखः स्टील नेपालको एक प्रतिष्ठित घराना व्यापारिक साखः ग्रुपबाट सञ्चालित कम्पनी हो । जसको अध्यक्ष गणेश बिक्रम साखः छन् । साखः कम्पनीले विगतको दिनमा बजारमा उत्पादित चाउचाउ र गार्मेन्ट कम्पनीमा काम गरेका थिए । साथै, म्यानुफ्याक्चरिङ डाइन र वाल पेन्टमा तीन दशकदेखि काम गर्दै आएका छन् । कम्पनीले वार्षिक ७२ हजार मेट्रिक टन स्टील उत्पादन गर्ने क्षमता रहेको छ ।

कम्पनीले हालै दीर्घकालिन ४८ करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । जसमा कम्पनीले बी प्लस रेटिङ कायम गरेको छ ।

त्यस्तै, अल्पकालीन कर्जाका लागि कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ रेटिङ गराएको छ । साथै, अल्पकालीन र गैरवित्तीय कर्जा २८ करोड ८९ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले सबै गरेर १ अर्ब ८९ रोड ९३ लाख रुपैयाँ कर्जाको रेटिङ दिइएको छ ।


क्लिकमान्डु