सर्बोत्तम सिमेन्ट तथा सर्बोत्तम स्टीलका ठेकेदारको ७ लाखको दुर्घटना बीमा



काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट तथा सर्वाेत्तम स्टील लिमिटेडले आफ्ना ठेकेदारहरुको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ ।

कम्पनीले आफ्ना ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न समेत गरेको छ ।

कार्यक्रममार्फत् कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनाको समेत शुरुवात गरेको हो ।

कम्पनीका भाइस–प्रेसिडेन्ट सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराए वापत सर्वाेत्तम स्टीलका तर्फबाट ट्रयाक–सुट उपहार तथा सार्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटनाविरुद्ध ७ लाख रुपैयाँको बीमाको सुविधा पाउनेछन् ।

उनका अनुसार हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका एक हजार ठेकेदारहरुका लाागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको छ ।

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।


क्लिकमान्डु