सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकमले दियो साथ



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको गिरावट देखिएको छ । बजारमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ ।

बजार मापन गर्ने सूचक १४.५८ अंकले घटेर परिसूचक २८७६.७५ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा गिरावट आएर लगानीकर्ता निराश बनेपनि कारोबार रकमले भने निकै साथ दिएको छ ।

बिहीबारको कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ६.१८, विकास बैंक ५४.२९, फाइनान्स ३३.३६, जीवन बीमा १७३.७४, माइक्रोफाइनान्स समूहको उपसूचक ५४.७२ अंकले घटेको छ भने निर्जीबन बीमा १२.१७ र जलविद्युत समूहको उपसूचक ६.७३ अंकले घटेको छ । कारोबारमा विन नेपाल लघुवित्त र बुद्ध भुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु