मंगलबार १९.२९ अंकले बढ्यो नेप्से, साढे ६ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेको छ । आइतबार १ सयभन्दा बढी अंकले बढेर सोमबार घटेको नेप्से परिसूचक मंगलबार फेरि १९ अंकभन्दा बढीले बढेको हो ।

यो दिनको कारोबारमा १६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४८ वटा कम्पपनीको सेयर मूल्य घटेको छ । साथै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पपनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, होटल तथा पर्यटन, जीवन बीमा कम्पनी, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र ट्रेडिङ उपसूचक बाहेकका उपसमूहको सूचक भने बढेको छ ।


क्लिकमान्डु