अख्तियारमा लेखराज भट्टको बयानः बढी उत्खनन गर्नेलाई छुट दिन मन्त्रालयले भनेको छैन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सिमेन्ट उद्योगलाई जरिवाना लगाउनेमा मन्त्रालयको कुनै भूमिका नभएको बयान दिएका छन् ।

अख्तियारले गत बुधबार खानी विभागका महानिर्देशक सहित ९ जना उद्योगीलाई बढी खानी उत्खनन गरेको आरोपमा विशेष अदालतमा मुद्दा लगाएको छ ।
अख्तियारमा बयानको क्रममा भट्टले खानीको अनुगमन गर्ने तथा नियमन गर्ने जिम्मेवारी खानी विभागको भएको तथा विभागले मन्त्रालयलाई जानकारी गराउन काम गर्ने रहेको उल्लेख गरेका छन् ।

‘मन्त्रालयले विभागलाई छुट दिन नभनेर नियम कानून अनुसार चल्नको लागि निर्देशन दिएको हो,विभागको आग्रहमा मन्त्रालयले छलफल गरेको हो,’भट्टले अख्तियारमा बयानको क्रममा भनेका छन् ।

मन्त्रालयले विभागलाई कानून बमोजिम गर्न भनेको र कुनैपनि बदनियत नराखेको उनले बयानको क्रममा बताएका छन् ।


क्लिकमान्डु