सीएलाई महालेखापरीक्षकको निर्देशनः दोहोरो, तेहेरो वित्तीय विवरण नबनाउनु



काठमाडौं । महालेखापरीक्षक टंकमणी शर्मा दंगालले चार्टर्ड एकाउन्टेन्स (सिए)हरुलाई दोहोरो, तेहेरो वित्तीय प्रतिवेदन नबनाउन निर्देशन दिएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको २५ औं बार्षिकोत्सवका अवसरमा उनले यस्तो निर्देशन दिएका हुन् । कार्यक्रममा शर्माले आइक्यान अर्थतन्त्रमा देखिएको विकृती रोक्ने निकाय भएको भन्दै अबको दिनमा दोहोरो ब्यालेन्स सिट बनाउन रोक्न, कर छल्ने जस्ता कार्यलाई रोक्न, भ्याट छल्ने कार्यरोक्न लाग्न निर्देशन दिए । उनले यसको लागि नियमित अनुगमन गर्न समेत निर्देशन दिए ।

जवाफदेहिता, वित्तीय सुशासन कायम गर्न आग्रह गर्दै त्यसको लागि महालेखापरीक्षकको कार्यालयले पनि सहयोग गर्ने बताए । लेखापरीक्षकको नियमन आजको टडकारो आवश्यक भएको भन्दै यसतर्फ नियमन निकायले ध्यान दिन आवश्यक रहेको धारणा राखे ।

उनले अबको दिनमा अन्तर्राष्ट्रिय अभ्यासलाई पनि अनुशरण गर्दै अघि बढ्न सुझाव दिए । सीएहरुले आचारसहिताको पालनामा पनि ध्यानु पर्ने भन्दै यसले अहिले वित्तीय रुपमा भइरहेको विकृती रोक्न सहयोग गर्ने बताए ।

अहिले स्मार्ट, डिजिटल युगको सूरु भएको भन्दै त्यसको लागि तालिमको आवश्यक रहेको धारणा राखे । तालिम भएन र डिजिटलमा नजाने हो भने समस्या आउन सक्ने उनको तर्क छ । महालेखाले यो वर्ष सबै रिपोर्ट आइटिको माध्यमबाट तयार पारेको भन्दै भ्रष्टाचार न्यूनिकरणमा आइटिको सहयोग निकै हुने स्मरण गराए ।


क्लिकमान्डु