अस्वभाविक बढेको बजारमा किन आयो दोहोरो अंकको गिरावट ?



काठमाडौं । साताको पहिलो दिन आइतबार अस्वभाविक रुपमा बढेको सेयर बजारमा सोमबार भने दोहोरो अंकको गिरवाट आएको छ । सोमबार इन्ट्रा डे कारोबारमा बजारमा निकै उतारचढाब देखिएको छ ।

सत्तारुण् दल आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सहमति भएको भन्दै आइतबार बजार बढेको तर्क गरिएको थियो । तर सोमबार भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका देखिएको छ । जसले गर्दा बजारमा गिरावट देखिएको छ ।

सोमबार बजार १४.४८ अंकले घटेर परिसूचक २८७१.०५ बिन्दुमा रोकिएको छ । यो दिन आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ ।
२२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ १९.५२, विकास बैंक ११०.१५, फाइनान्स ४३.१७, जलविद्युत २३.०६, जीवन बीमा २२१.३२, निर्जीबन बीमा १७८.७६ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आएपनि ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स, वन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी रहेको छ ।


क्लिकमान्डु