विद्युतीय सवारी साधन प्रबर्द्धन र जलस्रोतमा लगानी गर्न अष्ट्रेलिया इच्छुक



काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कलेसँग भेटवार्ता गरेकी छिन् ।

भेटमा राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रबर्द्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताइन् । उनले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरीरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाउने बताइन् ।

भेटमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको बताउँदै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सोहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् । उनले विश्वले सामाना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलेभन्दा अझ बढी आवश्यक रहेको बताइन् । नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पु¥याएको सहयोग अतुलनिय रहेको बताइन् ।

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलियन सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाइन् । भेटका क्रममा उनले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गरिन् ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालय र अस्ष्ट्रेलियाको कमनवेल्थ साइन्टिफीक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनबीच सन् २०१७ मा समझादारी भएको थियो । सो सम्झौताअनुसार र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ ।


क्लिकमान्डु