छुट्ला है एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिन
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले ८ वर्षे अवधिको लागि प्रतिकित्ता १००० रूपैयाँका दरले २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । २० लाख कित्ता मध्ये बैंकले विभिन्न व्यक्तिगत तथा संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्ने छ भने ८ लाख कित्तामा सर्वसाधारणले आवेदन दिने छन् । उक्त आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले माघ ३ देखि ६ गतेसम्मका लागि ऋणपत्र निष्कासन गरेको थियो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेपछि समय थपेर आजसम्म पुर्याईएको थियो । आज कार्यालय समयसम्म आवेदन नदिएको खण्डमा ऋणपत्र भर्न पाइने छैन ।
यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आवेदन बिक्री प्रबन्धक तथा एभरेष्ट बैंक र सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । ऋणपत्रमा बार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने छ ।