बैंकले एचआईडिसीएलसँग मिलेर कन्सोटिएम लगानी गर्न पाउने



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) लाई वित्तीय संस्थाको रुपमा परिमार्जन गरिएको छ ।

राष्ट्र बै्रंकको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम एनआईडिसीएललाई उक्त ऐनको व्यवस्था लागू हुने वित्तीय संस्थाको रुपमा तोकिएको छ ।

यस्तै राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्थाहरु र एनआईडिसीएलले मात्र सह वित्तीयकरणमा माग लिन पाउने छन् ।
तर, कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्था र एनआईडिसीएल अगुवा संस्था हुने गरी गठन हुने सह वित्तीयकरण समूहमा सहभागी भै कर्जा प्रवाह गर्न सक्ने छ ।


क्लिकमान्डु