किन झुम्मिए सेयर बजारमा लगानीकर्ता ?



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएलगत्तै बजारमा उछाल आएको छ ।

आइतबार ‘इन्ट्रा डे’ बजार २८७८ बिन्दुमा पुगेको बजारमा केही करेक्सन देखिएपनि लगानीकर्ताको उत्साह भने निकै बढेको देखिएको छ ।
जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्ने भनेर सत्तारुढ दल सहमत भएपछि बजार बढेको जानकारहरुको तर्क छ ।

बजार मापन गर्ने सूचक यो समाचार तयार पार्दासम्म ७७.२३ अंकले बढेर परिसूचक २८५७.२१ बिन्दुमा रहेको छ । बजार २.७८ प्रतिशतले बढिसकेको छ ।

एक घन्टाको अवधिमा २१८ कम्पनीको ४१ लाख ३७ हजार ८१६ कित्ता सेयर २ अर्ब २८ करोड ४० लाख ११ हजार ६६२ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो समाचार तयारपार्दासम्म २ वटा कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । जसमा वन नेपाल लघुवित्त र बुद्ध भुमी नेपाल हाईड्रोपावर रहेको छ ।


क्लिकमान्डु