करिब साढे १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकको विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ पैसा १ वर्षको लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । केन्द्रीय बैंकका अनुसार २०७८ फागुन २ देखि २०७९ फागुन १ सम्मको लागि ३६५ दिनको लागि वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको छ । जसमा वाणिज्य बैंकमा ८ करोड ३९ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा १ करोड ५७ लाख र राष्ट्रिय स्तरका विकास बैंकमा ५२ लाख रुपैयाँ राख्न लागेको छ ।

यसको लागि माघ १८ गते भित्र आफुले लिन चाहेको रकम खुलाई आवेदन दिनुपर्ने छ । यसको लागि विभिन्न शर्तहरु तोकिएका छन् । जसमा बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, खराब कर्जा ५ प्रतिशत भन्दा कम रहेको, कुनै कारबाहीमा परेको भए ६ महिना पुरा गरेको, सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरेको लगायतका शर्त रहेका छन् । ति शर्त पुरा गरेको हुनुपर्ने छ ।


क्लिकमान्डु