५ महिनापछि आइपीओ निष्काशन सुरुः माघ २१ मा जाल्पा लघुवित्तको आउने



काठमाडौं । करिब ५ महिनापछि साधारण सेयर (आइपीओ) निष्काशन हुने भएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढु्ंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएर सरकारले बर्खास्त गरेपछि आइपीओ पनि निष्काशन रोकिएको थियो । ५ महिनापछि सरकारले बोर्डमा अध्यक्ष नियुक्त नगरेपनि कामुले आइपीओ निष्काशन गर्ने अनुमित दिएपछि जाल्पा लघुवित्त वित्तीय संस्थाले साधारणसेयर निष्काशन गर्न लागेको हो ।

प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँ ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा माघ २१ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमाद फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु