पौने १० करोडको आइपीओ ल्याउँदै अभियान लघुवित्त



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।
आइपीओ निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

त्यसको लागि अभियान लघुवित्तका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

हाल अभियान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड, र चुक्ता पूँजी १५ करोड २५ लाख रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको छ ।


क्लिकमान्डु