सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्दै



काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजारमा सामान्य सुधार आएको छ ।

तर कारोबार रकम भने निकै घटेको छ । यो दिनको कारोबारमा कारोबार रकम ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको सेयर कारोबार भएको छ । बजारसँगै कारोबार रकम निकै घट्दा लगानीकर्ता भने त्रसित बन्न थालेका छन् ।

पछिल्लो समय इन्डेक्स जस्तै कारोबार रकममा निकै उतार चढाव आएको छ । बिहीबार २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता सेयर किनबेच भएको छ । बजार मापन गर्ने सूचक ३.२९ अंकले घटेर परिसूचक २७७९.९३ बिन्दुमा रोकिएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ४.३३, विकास बैंक २१.७२, जीवन बीमा समूहको उपसूचकमा १.३२ अंकको गिरावट आएको छ ।
यस्तै फाइनान्स कम्पनीको १४.६५, जलविद्युत ५.३५, उत्पादन तथा प्रशोधन २५.०९, माइक्रोफाइनान्स ५.४४, निर्जीबन बीमा १३२.१० अंकले बढेको छ ।

कारोबारमा वन नेपाल लघुवित्त र बुद्ध भुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिइडिबी हाईड्रोपावर, अजोड इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ड कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सप्तकोशी विकास बैंक, युनाइटेड इदी मार्दी आरबी हाईड्रोपावर, नबिल इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु