सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९३ हजार रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा बिहीबार १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु