सर्बोत्तम सिमेन्टको तेस्रो साधारणसभाः ६० लाख कित्ता आइपीओ निकाल्ने र १५ करोडमा खानी किन्ने निर्णय



कठमाडौं । सर्बोत्तम सिमेन्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले ६० कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग विधिवाट गर्ने निर्णय भएको छ ।

त्यसैगरी, धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन् कार्यका लागि १५ करोड १ लाख रुपैयाँमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णयसमेत गरिएको छ ।

त्यस्तै, लेखा परिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गर्ने निर्णय कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु