सेयर बजारमा भारी गिरावट, लगानीकर्तामा बढ्यो चिन्ता
काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ ।
बुधबारको कारोबारमा बजार मापन गर्ने इन्डेक्ससँगै करोबार रकम पनि घटेको छ । इन्डेक्ससँगै निरन्तर कारोबार रकम घट्दा बजार कता जाँदैछ भन्ने तर्फ लगानीकर्ता चिन्तीत बन्न थालेका छन् ।
बुधबार बजार मापन गर्ने सूचक ३८.४५ अंकले घटेर परिसूचक २७७६.६१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.५६ अंकले घटेर ५१८.३८ बिन्दुमा रोकिएको छ ।
२३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँमा किनबेच भएको छ । यो दिनको कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ ।
बैंकिङ समूहको २२.७६, विकास बैंक ८३.६२, फाइनान्स ५९.०७, जलविद्युत ५२.४०, जीवन बीमा २७७.६५, माइक्रोफाइनान्स ६३.१२, निर्जीबन बीमा समूहको उपसूचक १४२.५४ अंकले घटेको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि २ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । जसमा वन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्ध भुमी नेपाल हाईड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।