धौलागिरी लघुवित्तले आइपीओ ल्याउने



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ ।

बागलुङ नगरपालिका-२ मा रहेको संस्थाले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । त्यसको लागि सन्राइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । त्यसको लागि संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

संस्थाले राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी २०७५ फागुन १ देखी वित्तीय कारोबार गर्दै आईरहेको छ । संस्थाको कुल कर्जा लगानी १ अर्ब ४४ करोड, निक्षेप संकलन ६२ करोड १४ लाख रहेको छ भने अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ ।
७ करोड चुक्ता पूँजी रहेको संस्थाको सेयर निष्काशनपछि १० करोड चुक्ता पुँजि पुग्ने छ । जगेडा तथा कोषमा १० करोड ३८ लाख रहेको छ ।


क्लिकमान्डु