क्रिप्टो करेन्सी, नेटर्वक मार्केटिङ्ग जस्ता गैरकानूनी कारोबार नगर्नुः संघ



काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार-व्यवसाय नगर्न स्वदेशी तथा विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ ।

क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार-व्यवसाय गैरकानूनी भएको भन्दै गैरकानूनी काम नगर्न सबैलाई आग्रह गरेको छ ।
संघले सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो-भर्चुअल करेन्सीले मान्यता नपाएको भन्दै क्रिप्टो-भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ नहुन आग्रह गरेको छ ।

यसरी कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने, स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य नगर्न भनेको छ । त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत जानकारी गराएको छ ।


क्लिकमान्डु