महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण



काठमाडौं । महालक्ष्मी विकास बैंकको तिनचुली शाखाले काठमाडौं महानगरपालीका– ६ तिनचुली ̵ आरुबारी सडक खण्डमा वृक्षारोपण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त वृक्षारोपण गरेको जनाएको छ ।

काठमाडौं उपत्यकाको खाली ठाउँहरुमा वृक्षारोपणका साथै बोटबिरुवाको संरक्षण गर्नाले प्राकृतीक संन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने बताउँदै बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका–९ का वडा अध्यक्ष राजिव थापाले बताए ।

कार्यक्रममा तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानिय निकायले गरेको सहयोग उल्लेखनिय भएको बताए ।


क्लिकमान्डु