सेयर बजारमा गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबार रकम पनि घटेको छ ।

यो दिनको करोबारमा बजारमा निकै उतार चढाब देखिएको छ । घटेर २७८२.५७ बिन्दुसम्म पुगेको बजार पुन बढेर २८५७.५२ बिन्दुमा सम्म पुगेको बजार अन्तिम समयमा ५.९२ अंकले घटेर २८१४.७४ बिन्दुमा रोकिएको छ ।

२२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको सेयर किनबेच भएको छ ।
मंगलबारको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१७ अंकले घटेको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । जीवन बीमा समूहको उपसूचकमा मात्रै ७२.१६ अंकले बढेको छ ।

कारोबारमा वन नेपाल लघुवित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्ध भुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

यो दिनको कारोबारमा पोखरा फाइनान्स, कालिका लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यता गोर्खाज फाइनान्स, समिट लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु