बतासले सञ्चालन गरेकाे होटलकाे छानबिन प्रतिवेदन सार्वजनिक कार्यक्रममा पत्रकारलाई निषेध



काठमाडौं । पशुपति क्षेत्र विकास कोष परिसरमा सञ्चालन गरिरहेको होटलका विषयमा छानबिन प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ ।

मंगलबार पशुपति धर्मशाला छानबिन समितिको प्रतिवेदनमाथि पर्यटन मन्त्रालय भएको छलफलका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो । धर्मशाला हाल बतास अर्गनाइजेसन अन्तर्गतको कम्पनीले सञ्चालन गरिरहेको छ ।

मंगलबार विहान पशुपति धर्मशाला छानबिन समितिको पूर्ण प्रतिवेदन कार्यान्वयनका लागि पशुपति विकास कोष बैठक हुने भएपछि सञ्चारकर्मीलाई निम्ता पठाइएको थियो ।

छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक हुने भएपछि समाचार संकलन गर्न पर्यटन मन्त्रालय पुगेका सञ्चारकर्मीलाई सभाहलबाट बाहिर निकालिएको हो ।

कार्यक्रम शुरु हुने बेलामा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सञ्चारकर्मीलाई सभाहलमा नबस्न भनेका थिए ।

यद्यपि पर्यटनमन्त्री प्रेम आलेले सञ्चारकर्मीलाई बस्न अनुरोध गरे पनि परिषदका सञ्चालक सदस्य देवीप्रसाद बरालले पनि सञ्चारकर्मीलाई नबस्न भनेका थिए ।

बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहलयभित्र निर्माण गरिरहेको रेष्टुराँको विषय सार्वजनिक भएपछि मन्त्री प्रेम आलेको निर्देशनमा पशुपति क्षेत्र विकास परिसरमा बतास समूहले सञ्चालन गरिरहेको होटलका विषयमा छानबिन समिति गठन भएको थियो ।


क्लिकमान्डु