महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बुद्घनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।

बैंकको शखमुल शाखाले बुद्घनगर वडा नं. १० मा अवस्थित सो विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो ।

विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् भन्ने उद्देश्यले उक्त मेसिन हस्तान्तरण गरिएको बैंकका शखमुल शाखाका शाखा प्रवन्धक पुन्य श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिल्ने बताए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जानकारी दिएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु