चर्को विरोधपछि सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन गर्दै सरकार



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको चर्को विरोधपछि सरकार सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन गर्ने तयारी गरेको छ ।

विशेष गरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आफूले खाइपाइ आएको सुविधा समेत कटौती हुने गरी कोषमा आबद्ध नहुने अडान राख्दै सर्वोच्च अदालत पुगेपछि सरकारले कार्यविधि संशोधनको तयारी गरेको छ ।

सरकारले श्रम नियमावलीको २०७५ अनुसार नेपालबाट विदेशमा गई काम गर्ने श्रमिकहरूलाई आबद्ध हुनका लागि कार्य अगाडि बढाइसकेको छ ।

त्यसैले, सरकारले नेपालबाट विदेशमा गई कार्य गर्ने नागरिकहरूलार्य समेत कोषमा आबद्ध गर्न नीतिगत व्यवस्था गर्ने भएको छ । जसमा सरकारले सामाजिक सुरक्षा नियामवली २०७५, श्रम नियमावली २०७५, बोनस नियमावलली एकैपटक संशोधन गर्ने तयारी गरेको छ ।

जसमा सरकारले अबदेखि कुनै पनि श्रमिक दुर्घटनामा परेमा, दुर्घटनाको कारणबाट चोटपटक वा मृत्यु भएमा सोको सुचना रोजगारदाताले कोषलाई ७ दिनभित्र जानकारी दिनुपर्नेछ ।

त्यसैगरी, प्रतिष्ठनाको ऐन र नियमावली बमोजिक गरेको श्रम अडिट प्रतिवेन कोषलाई प्रदान गर्नुपर्नेछ ।

उक्त श्रम अडिटको प्रतिवेदन अनलाइन माध्यमबाट बुझाउन सकिनेछ । प्रतिवेदनमा कोषमा आबद्ध श्रकको संख्या, कोषमा आबद्ध गर्न बाँकी श्रमिकको संख्या, नियमित योगदान गर्ने श्रमिकको संख्या र कुल योगदानको रकम समावेश गर्नुपर्नेछ ।

सरकारले बोनस नियमावलीमा समितिको बिघटनपश्चाच राष्ट्रिय स्तरको काल्याणकारी कोषले गर्ने अधिकार, सम्पत्ति र दायित्व कोषमा हस्तान्रण गर्ने व्यवस्था गरेको छ ।

प्रतिष्ठानले बोनस बितरण गरेको १ महिनाभित्र ऐनको दफा १३ बमोजिमको रकम सामाजिक सुरक्षा कोषमा जम्मा प्रस्ताव गरेको छ ।

अबका दिनमा योगदानयोग्य आय भुक्तान गर्नुपर्ने महिना समाप्त भएको २५ गतेभित्र योगदान कोषमा दाखिला हुने गरी जम्मा गर्नुपर्नेछ । हालको व्यवस्था १५ दिनसम्म छ ।

सरकारले कुनै श्रमिकले कुनै कारणले पारिश्रमिक नपाउने अवस्था सिर्जना भई नियमित रुपमा कोषमा जम्म गर्नुपर्ने योगदान नम्म गर्न नसक्ने भएमा कम्तीमा ३ महिनासम्म निजले जम्मा गर्नुपर्ने रकम रोजगारदाताले जम्मा गर्नुपर्नेछ ।

कोषमा सूचिकरण नगर्ने नगराउने वा नबुझाउने रोजगारदातलाई सबै कारबाही गर्न निर्देशकले निकायमा लेखि पठाउन सक्नेछ ।

त्यसैगरी समाजिक सुरक्षा ऐनको दफा ३२ (२) उपदफा १ को खण्ड (ग) को व्यवस्थालाई हटाइएको छ । त्यसैष्री सोही दफाको (३) उपदफा (१) मा रहेको व्यवस्थालाई कोषको रकम कुनै क्षेत्रमालगानी गर्दा लगानी कोषमा रहेको रकम लगानी कार्यविधिमा तोकिए बमोजिम लगानी गर्नुपर्नेछ ।


क्लिकमान्डु