समस्यामा परेको अर्थतन्त्र सुधारका लागि यी उपाय अपनाउनुस्ः रघुराम राजन



एजेन्सी । कोरोनाका अनेकन लहरले विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । त्यसमा पनि मूल्यवृद्धिको चाप सबैभन्दा बढी परेको छ । संसारका अधिकांश देश मुद्रास्फितीको चापमा परेको छ ।

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनले कस्तो असर पार्ने हो भन्ने बारेमा अहिल्यै केही भन्न सकिने अवस्था छैन । किनकी, यो फैलने क्रममा छ । यसको असर देखिन अझै केही महिना कुर्नै पर्छ । किनकी, यसको फैलदो क्रममा नै भएकाले हाल हरेक क्षेत्रमा संक्रमणको अवस्था मात्रै कायम छ ।

खासमा अर्थतन्त्रलाई जोगाउन के कस्तो उपाय अवलम्बन गर्नु पर्ला त भन्ने बारेमा विश्वव्यापीरुपमा अर्थशास्त्रीहरुले शोध तथा खोज दुबै गरिरहेका छन् । तर, हालम्म उपयुक्त नतिजा भने हासिल भइसकेको अवस्था छैन ।

यसै सन्दर्भमा भारतीय केन्द्रीय बैंकका पूर्वगभर्नर रघुराम राजनले अर्थतन्त्रलाई सन्तुलनमा राख्न सरकारले खर्च घटाउनुपर्ने सुझाव दिएका छन् ।

आरबीआईका पूर्व गभर्नर रघुराम राजनले भने– वित्तीय घाटा नियन्त्रण गर्न आवश्यक छ; कोरोनाको प्रभाव अझै कायमै छ । यो कहिलेसम्म कुन रुपमा कायम रहन्छ भन्ने बारेमा प्रतिक्रिया दिन अझै हतार गर्नुपर्ने बेला नभएको उल्लेख गरेका छन् ।

राजनले कोरोनाबाट प्रभावित अर्थतन्त्रमा के–शेपको पुनरुत्थान रोक्नका लागि सम्भावित सबै उपाय अपनाउनुपर्ने बताए । राजनले कोरोनाबाट प्रभावित अर्थतन्त्रमा के–शेपको पुनरुत्थान रोक्नका लागि सम्भावित सबै उपाय अपनाउनुपर्ने बताए । उनले अर्थतन्त्रलाई भी सेप वा यू सेपमा नै उकालो लगाउने उपायको खोजीमा लाग्न सबैलाई सुझाव दिएका छन् । उनले खासगरी कमजोर अर्थतन्त्र भएका देश आफैंमा सबैभन्दा बढी समस्यामा परेको समेत तथ्य पेश गरेका छन् ।

बेला बेलामा आफ्ना विचारहरु सार्वजनिक गर्दै आएका राजनलाई भारतीय सत्ताले भने मन पराउँदैन । तर, उनको विचारलाई महत्वका साथ भारतीय मिडियाले भने स्थान दिने गरेका छन् ।
भारतको अर्थतन्त्रलाई बढी प्रभावकारी बनाउन उनको कार्यकालमा भएको प्रयासलाई भने आम भारतीय स्मरण गरेको अवस्था छ । भाजपाको सत्ताले उनको म्याद नथपेको विषय वा सत्तासँग परेको टसलकाबारेमा पनि आम भारतीइ जानकार छन् ।

रिजर्व बैंकका पूर्व गभर्नर रघुरामले भारतीय अर्थतन्त्रमा उज्यालोसँगै केही कालो धब्बा पनि रहेको बताएका छन् । यस्तो अवस्थामा वित्तीय घाटा धेरै नबढोस् भनेर सरकारले आफ्नो खर्चमा सचेत हुन जरुरी रहेको सुझाव दिन्छन् । राजनले आफ्नो विचार स्पष्ट रुपमा प्रस्तुत गर्दै भन्छन्, खासमा सार्वजनिक खर्चमा देखिएको बेइमानीपूर्ण वितरणको पनि तत्काल नियन्त्रण जरुरी रहेको बताए ।

प्रख्यात अर्थशास्त्रीले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रको के-शेप रिकभरी हुन नदिन सरकारले सम्भावित सबै उपाय अपनाउनुपर्ने बताए । केही क्षेत्रहरू के सेप रिकभरीमा छिटो दरमा रिकभर त हुन्छन्, जबकि अरूहरू ढिलो हुन्छन् र दौडमा पछाडि पर्छन् । त्यसमा सचेत हुनुपर्ने उनको सुझाव छ ।

विश्वका आधा देशहरूमा मुद्रास्फीतिले चिन्ता बढाएको छ । किनकी, महामारीले अवस्था भयावह बनाइदिएको छ । महामारीबाट बाहिर निस्कनका लागि इमान्दार र धैर्यतापूर्ण प्रयासको खाँचो रहेको उनको भनाइ छ ।

कोरोनाको नयाँ रूप ओमिक्रोन चिकित्सा जगतका लागि मात्र होइन, आर्थिक गतिविधिका लागि पनि धक्का भएको तर्क गर्दै उनले यसमा सरकार र सम्वद्ध अन्य निकायको पनि उत्तिकै मेहनत जरुरी रहेको बताए ।

उनले भनेका छन् –बजेट कागजात भनेको भिजन हो । म भारतको ५ वा १० वर्षको भिजन वा सोच हेर्न चाहन्छु ।

म हेर्न चाहन्छु कि केन्द्रीय सरकारले देशमा कस्तो प्रकारको संस्था र फ्रेमवर्क स्थापना गर्न चाहन्छ ।

आज ‘मुद्रास्फीति’ विश्वका सबै देशका लागि चिन्ताको विषय बनेको छ र भारत पनि त्यसको अपवाद हुन सक्दैन । यसबाट मुक्ति दिलाउने उपायको खोजी नै आजको प्रमुख कार्यभार रहेको उनको भनाइ छ ।

उनले के आकार रिकभरी के हो ? भन्ने प्रश्न गर्दै त्यसको बारेमा पनि प्रष्ट्याउने प्रयास गरेका छन् ।

अर्थतन्त्रमा के–आकार रिकभरीको प्रवृत्ति सामान्यतया नयाँ प्रविधि वा ठूलो पूँजीको साथ बलियो कम्पनीहरूको अवस्था मन्दी पछि पनि साना व्यवसायी र साना उद्योगहरू भन्दा छिटो सुधार हुँदा देख्न सकिन्छ ।

यस प्रकारको रिकभरीलाई के सेप भनिन्छ । किनभने अर्थतन्त्रको पछाडि परेका र बलियो क्षेत्रहरूको वृद्धि चार्टसँगै रोमनमा के अक्षर जस्तै देखिन्छ, जसको एउटा भाग तीव्र रूपमा बढेको छ भने अर्को गिरावटमा रहन्छ ।

विपदको समयमा जोगिनका लागि पनि अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिँदै राजनले इमान्दार प्रयत्न र आम नागरिकलाई विश्वासमा लिन पनि उनले सुझाएका छन् ।


क्लिकमान्डु