राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने, कसले पाँउछन् किन्न ?



काठमाडौं । राष्ट्र बैंकले २ वर्षे अवधिको लागि १० अर्बको विकास ऋणपत्र २०८० ‘ङ’ बिक्री गर्ने भएको छ ।

उक्त ऋणपत्र बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने छ ।

ऋणपत्रको माघ ११ गते दिनको २ बजे बोलकबोल हुनेछ । ऋणपत्र खरीद गर्न चाहनेले अनलाइन विडिङ सिस्टम मार्फत सहभागी हुन सक्नेछन् । माघ १२ गते निष्काशन हुने ऋणपत्रको सावा २०८० माघ १२ गते पाइने छ । अर्धबार्षिक रुपमा ब्याज पाइने छ । उक्त ब्याजमा आयकर लाग्ने छ ।

खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ५० करोड र १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

यसको ब्याजदर बोलकबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कामय भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराइने छ ।

यसमा घटीमा ५० हजार र बढीमा कुल ष्किाशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नुपर्ने छ ।


क्लिकमान्डु