तीन लघुवित्तसहित ६ वटा कम्पनीलाई आइपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ६ वटा कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले बलेफी हाइड्रोपावर (स्थानीय र सर्वसाधारण), ग्रिन भेन्चर (स्थानीय र सर्वसाधारण), नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्काशनको लािग अनुमति दिएको छ ।

बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँको ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ निष्काशनको लागि बोर्डमा आवेलन दिएको छ । जसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस्तै ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख रुपैयाँको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्काशन गर्न भर्एको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

जाल्पा सामुदायिक लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

यस्तै राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ भने इमर्जिङ नेपालले ५ करोड ५५ लाख ६० हजार रुपैयाँको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु