राष्ट्र बैंकले रोक्यो एनआईसी एशिया बैंकको लाभांश, सेयरधनीको हात खाली



काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश बाँड्न रोकेको छ ।

राष्ट्र बैंकले पुँजी प्रयाप्त नदेखिएको कारण लाभांश बाँडन रोकेको हो ।

बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन नपाउने पहिलो र एक मात्रै बैंक एनआईसी एशिया बैंक बनेको छ ।


क्लिकमान्डु