सनराइज बैंकको नाफा २१.४७ % ले घट्यो, खराब कर्जा बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सनराइज बैंकको नाफा घटेको छ ।

बैंकको नाफा ६ महिनाको अवधिमा २१.४७ प्रतिशतले घटेर ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ९४ करोड ९४ लाख १२ हजार रूपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमाससम्म बैंकको खुद व्याज आम्दानी बढेर १ अर्ब ८३ करोड ३ लाख ६७ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड ५८ लाख २४ हजार रूपैयाँ रहेको थियो । यस्तै बैंकको सञ्चालन मुनाफा घटेर १ अर्ब ६ करोड ३४ लाख ९७ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ३५ करोड ६३ लाख ३ हजार रूपैयाँ रहेको थियो ।

१० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६० करोड ३३ लाख १ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.०६ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७९ पैसा रहेको छ ।


क्लिकमान्डु