एनएमबि बैंकको नाफा ६.०४ % ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?



काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकको नाफा ६.०४ प्रतिशतले बढेर १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार रूपैयाँ रहेको थियो । यस्तै चालु आवको ६ महिनामा बैंकको वितरणयोग्य नाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ रहेको छ ।

६ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन मुनाफा बढेको छ । बैंकको खुद व्याज आम्दानी भने ५.३७ प्रतिशतले घटेर २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रूपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा ५.३८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रूपैयाँ पुगेको छ ।

१८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड २० लाख ७१ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.३८ प्रतिशतबाट घटेर १.४९ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा रहेको छ ।


क्लिकमान्डु