कियाको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक



काठमाडौं । हाइब्रिड किया सोरेन्टो एसयुभीसँगै कियाले नेपालमा हाइब्रि एसयुभी गाडी ल्याएको छ ।

कियाले आफ्नो किया सोरेन्टो हाइब्रिडमार्फत ७–सिट क्षमताको उक्त गाडी नेपालमा ल्याएको हो । १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो जस्तोसुकै बाटोमा पनि चलाउन सकिने कम्पनीले जनाएको छ ।

यो गाडीमा ७ वटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट रहेको छ ।

१२.३ इन्चको अल-डिजिटल इन्स्टुमेन्ट क्लस्टरले किया सोरेन्टोमा स्क्रिनलाई धेरै उन्नत बनाउँने छ । सोरेन्टो हाइब्रिड को मूल्य १ करोड ६९ लाख ९० हजार तोकिएको छ । नेपाली बजारमा रनवे रेड, ग्रेभिटी ब्लु, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच फरक कलर भेरियन्टमा यो गाडी उपलब्ध छ ।


क्लिकमान्डु