विन नेपालको सेयर मूल्यमा सकारात्मक सर्किटः कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबारमा यो कम्पनीका लगानीकर्ताले मनग्य कमाएका छन् ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा विन नेपालका साथै बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यस्तै मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.७३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.७४ प्रतिशत, ज्योती लाइफ इन्स्योरेन्सको सेयर मूल्य ६.६९ प्रतिशतले बढेको छ ।

तत्कालीन नेपाल सेवा लघुवित्तलाई विन लघुवित्त वित्तीय संस्थाले १ः०.७५ सेयर स्वाप अनुपातमा मर्ज गरेको छ । यी दुई कम्पनी मर्ज भएर कात्तिक १५ गतेबाट विन लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु भएको छ ।

यस्तै सामलिङ पावर कम्पनीको सेयर मूल्य ६.६९ प्रतिशत, गोर्खाज फाइनान्सको ५.५२ प्रतिशत, बेस्ष् फाइनानसको ४.२६ प्रतिशत, प्रभु बैंकको सेयर मूल्य ४.११ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु