दोहोरो अंकले घट्यो सेयर बजार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । साताको पहिलो दिन आइतबार बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।

कारोबारको सुरुमा केही समय बढेको भएपनि त्यसपछि बजारमा गिरावट सुरु भएको हो । २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको उपसूचक १६.६७, विकास बैंक ७३.४२, फाइनान्स ७२.९०, होटल ५१.९६, जलविद्युत ४२.७५ माइक्रोफाइनान्स समूहको उपसूचक १०.९५ अंकले घटेको छ ।
यस्तै निर्जीबन बीमा ३०.७०, जीवन बीमा २२९.९६ तथा उत्पादन तथा प्रशोधन समूहको उपसूचक १६.२६ अंकले बढेको छ ।


क्लिकमान्डु