नबिलमा बिलय हुन लागेको नेपाल बङ्गलादेश बैंकको नाफा कति घट्यो ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकको नाफा घटको छ ।

पुस मसान्तसम्म बैंकको नाफा १३.८२ प्रतिशतले घटेर ८१ करोड ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ९४ करोड १२ लाख ५५ हजार रूपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४९ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद व्याज आम्दानी बढेको छ भने सञ्चालन मुनाफामा गिरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब २७ करोड ३८ लाख ९ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब २४ करोड ६६ लाख ६५ हजार रूपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा १ अर्ब ५ करोड ३३ लाख ६५ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ३३ करोड ९० लाख ५२ हजार रूपैयाँ रहेको थियो ।

१० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २७ करोड ३५ लाख ८४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १ पैसा रहेको छ ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्विजिसन गर्न पुस २९ गते सम्झौता भइसकेको छ ।


क्लिकमान्डु