एभरेष्ट बैंकको नाफा घटेर ८३ करोड ८९ लाख, वितरणयोग्य नाफा करिब साढे २ अर्ब



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा एभरेष्ट बैंकको नाफामा गिरावट आएको छ ।

६ महिनाको अवधिमा बैंकको नाफा १२.७८ प्रतिशतले घटेर ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ९६ करोड १९ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड ११ लाख ७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि सञ्चालन मुनाफामा गिरावट देखिएको छ ।

गत आवको दोस्रो त्रैमासमा १ अर्ब ८९ करोड ७ लाख ९ हजार रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिमा आईपुग्दा २ अर्ब १२ करोड ६९ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा गत आवको दास्रो त्रैमासमा १ अर्ब ३७ करोड ३९ लाख ५८ हजार रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १९ करोड ८४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३० करोड ४९ लाख ३१ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.१९ प्रतिशतबाट बढेर ०.२६ प्रतिशतले पुगेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ११ पैसा रहेको छ ।


क्लिकमान्डु