बुढानिलकण्ठमा लक्जरियस केसीएल कोलोनी बन्दै, शुरुवाती मूल्य साढे ३ करोड



काठमाडौं । पछिल्लो समय उपत्यकामा सुविधा सम्पन्न कोलोनी र अपार्टमेन्ट निर्माणको कार्य तीव्र रुपमा बढेको छ ।

विभिन्न रियल स्टेट कम्पनीहरूले उपत्यका लक्षित विभिन्न स्थानमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरिरहेका छन् ।

उपत्यकामा घरजग्गाको मूल्य निकै बढेपछि रियल स्टटेट कम्पनीहरूले एकीकृत वस्तीलाई प्राथमितामा राख्नुपर्ने जनाउँदै आएका छन् ।

साथै, रिङरोडभित्र हाउजिङ तथा अपार्टमेन्ट निर्माण गर्नका लागि पर्याप्त जग्गा र खुल्ला क्षेत्रको अभाव भएपछि रिङरोडको नजिकका क्षेत्रमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण कार्यलाई तीव्रता दिएको कम्पनीहरूको भनाइ छ ।

त्यस्तै, बुढानिलकण्ठमा पनि काठमाडौं क्यापिटल लिमिटेडको सब्सिडरी कम्पनी केएलसी डेभलपर लिमिटेडले कोलोनी निर्माण गरिरहेको छ । कम्पनीले बुढानिलकण्ठमा ७ रोपनी ७ आना जग्गाको क्षेत्रफलमा १३ वटा सुविधा सम्पन्न लक्जरियस घरहरू निर्माण गरिरहेको छ ।

कम्पनीले आगामी वैशाखसम्ममा निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ । कम्पनीले प्रत्येक घरहरू ६ आनादेखि १० आनासम्ममा निर्माण भइरहेको कम्पनीका मार्केटिङ तथा सेल्स हेड निकिता मुखियाले बताइन् । उनकाअनुसार निर्माण भइरहेको घरहरू साढे दुई तल्लाको हुनेछ ।

कम्पनीले हालसम्ममा ११ वटा घरहरू बिक्री गरिसकेको कम्पनीका उनले जानकारी दिइन् । जसमा १३ वटामध्ये दुई वटा लक्जरियस घर मात्रा बाँकी रहेको छ ।

कम्पनीले आगामी वैशाखसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसमा कम्पनीले घरको शुरुवाती मूल्य ३ करोड ५० लाख तोकेको छ भने अधिकतम मूल्य ४ करोड ७० लाख रुपैयाँ तोकेको उनले बताइन् ।

‘उक्त घरहरूको मूल्य फरक–फरक रहेको छ,’ उनले भनिन्, ‘घरको क्षेत्रफल, दिशा र घरमा प्रयोग हुने सामग्रीको हिसाबले मूल्य तोकेको छ ।’

कम्पनीका अनुसार घर खरिद गर्न इच्छुक व्यक्तिहरूले पहिलो चरणमा ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसपछि निर्माण कार्य शुरु भइसकेपछि ४० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने उनको भनाइ छ । साथै, निर्माण कार्य सम्पन्न भएपश्चात जग्गाधनीलाई पास गर्नेबेलामा १० प्रतिशत दिन सक्ने व्यवस्था मिलाएको उनले बताइन् ।

कम्पनीले उक्त घरहरूमा ४ वटा बेडरुम, ४ वटा बाथरुम र १ वटा भान्सा कोठा हुने जनाएको छ । कम्पनीका अनुसार पहिलो तल्लामा एउटा बेडरुम, एउटा बाथरुम निर्माण गर्नेछन् । जसमा पहिलो तल्ला २२ सय स्क्वायरफिटमा बन्नेछ ।

त्यस्तै, दोस्रो तल्ला र तेस्रो तल्लामा पनि १ वटा बेडरुमसहित बाथरुमको व्यवस्था हुनेछ । सो तल्लापनि २२ स्क्वायरफिटमा बन्नेछ । साथै सो घरहरू २२ सयदेखि २२ सय ९४ स्क्वायरफिटको हुनेछ ।

यस्ता हुनेछन् सुविधा
कम्पनीले २४औं घण्टा सुरक्षा, सीसीक्यामेरा, बालबालिकाका लागि खेल्नका लागि खुल्ला क्षेत्र र पार्किङको व्यवस्था रहेको छ ।

शान्त वातावरणमा निर्माण भइरहेको बुढानिकण्ठमा उपयुक्त फूलबारी, खुल्ला क्षेत्र, बिहान हिँड्नका लागि खुल्ला क्षेत्र, पानीको सुविधाको हुने कम्पनीको भनाइ छ ।

त्यसैगरी, निर्माण भइरहेको कोलोनीको वरीपरीका क्षेत्रमा न्यूरो अस्पताल, टिचिङ अस्पताल, सहिद गंगालाल नेशनल हर्ट सेन्टर, करुना हस्पिटल, चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट, ग्राण्डी इन्टरनेशनल हस्पिटल र इसान चिल्ड्रेन एण्ड महिल हस्पिटल रहेको जनाएको छ । साथै, नजिकैमा स्कुलको पनि व्यवस्था रहेको कम्पनीको भनाइ छ ।

साथै, हाइकिङ र साइकलिङ पनि राम्रो व्यवस्था रहेको कम्पनीले जनाएको छ । जसमा चण्डेश्वरी, तारेभिर, बागद्वार, झोर र गोकर्न नेशनल पार्कमा सजिलै हाउकिङ र साइकलिङ जान सक्नेछन् ।


क्लिकमान्डु