सानिमा बैंकको नाफामा सामान्य सुधार



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा सानिमा बैंकको नाफामा सामान्य सुधार आएको छ ।

६ महिनाको अवधिमा बैंकको नाफ १.३४ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६ करोड २७ लाख ९६ हजार रूपैयाँ रहेका थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ५७ करोड ८२ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आईपुग्दा बैंकको खुद व्याज आम्दानी बढेर २ अर्ब १८ करोड १४ लाख ८ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ९९ करोड ५० लाख ७६ हजार रूपैयाँ रहेको थियो ।

यस्तै बैंकको सञ्चालन मुनाफामा भने केही गिरावट देखिएको छ । सञ्चालन मुनाफा घटर १ अर्ब ५० करोड ५ लाख ७७ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५० करोड ५६ लाख ३६ हजार रूपैयाँ रहेको छ ।

११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ९५ करोड ५४ लाख ५७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा ०.५८ प्रतिशतबाट घटेर ०.३१ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ०२ पैसा रहेको छ ।


क्लिकमान्डु