नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा किन धेरै बढेन ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा नाफा थोरै बढाएको छ ।

६ महिनाको अवधिमा बैंकको नाफा २.७७ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५८ करोड ६६ लाख ९ हजार रूपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा
२५ करोड ५७ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

६ महिनाको अवधिमा बैंकको खुद व्याज आम्दानी घट्दा त्यसको असर नाफामा देखिएको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४० करोड ६९ लाख २७ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब ९८ करोड २४ लाख २९ हजार रूपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा बढेर २ अर्ब ४० करोड ७४ लाख ३० हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब ३३ करोड १३ लाख १० हजार रूपैयाँ रहेको थियो । १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ९ करोड ३५ लाख २९ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.७५ प्रतिशतबाट घटेर २.०६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा रहेको छ ।


क्लिकमान्डु