ग्लोबल आइएमई बैंकको नाफा १५.०४ प्रतिशतले बढ्यो



काठमाडौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

महिनाको अवधिमा बैंकको नाफ १५.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रूपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ । जसले गर्दा नाफामा सुधार आएको हो । खुद ब्याज आम्दानी बढेर ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रूपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा बढेर ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रूपैयाँ रहेको थियो ।

२३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकका खराब कर्जा १.७२ प्रतिशतबाट घटेर १.१३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।


क्लिकमान्डु