सांग्रिला डेभलपमेन्ट बैंकको १०६ औं शाखा राजापुरमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले राजापुर बजार, राजापुर नगरपालिका–४ बर्दियामा शाखा संचालनमा ल्याएको छ ।

बैंकले बिहीवारबाठ उक्त शाखा संचालनमा ल्याएको हो । राजापुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०६ पुगेको छ ।

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको जनाएको छ ।


क्लिकमान्डु