त्रिविका परीक्षा अनिश्चितकालका लागि स्थगित



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेका सबै परीक्षा स्थगित गरेको छ ।

उपत्यकाका केही केन्द्रमा कोरोना संक्रमण देखिएकाले अर्को सूचना प्रकाशित नभएसम्म माघ ९ गतेदेखिका परीक्षा स्थगित गरिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनका अनुसार वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरिएको हो ।


क्लिकमान्डु