कारोबार रकम सुस्ताउँदै, सेयर बजारमा दोहोरो अंकको सुधार



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा सुधार भएपछि कारोबार रकम भने अपेक्षा अनुसार हुन सकेको छैन ।

बजार मापन गर्ने सूचक ३२.९६ अंकले बढेर परिसूचक २९३१.२६ बिन्दुमा रोकिएको छ । यो दिन २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । विकास बैंक १७१.६५, फाइनान्स ७७.४७, जलविद्युत ७६.४२, जीवन बीमा ४६२.४०, माइक्रोफाइनान्स ६०.१८, निर्जीबन बीमा समूहको उपसूचक २७०.१० अंकले बढेको छ ।

यो दिनको कारोबारमा मैलुङ खोला, जलविद्युत कम्पनी, तेह्रथुम पावर र बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु